महोत्तरी : बलवा २ मा कांग्रेस र मटिहानी ६ मा राजपा विजयी

 मंसिर १५, २०७६ आइतबार ८:३३:१ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरीमा शनिबार भएको उपचुनावको मतपरिमाण सार्वजनिक भएको छ ।

बलवा नगरपालिका वडा नं. २ मा बिहान सम्पन्न भएको मतपरिणामअनुसार वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका विपिन पंजियार ४ सय ६१ मत ल्याएर विजयी हुनुभएका हुन । पंजियारले राजपाका वृजलाल साह सुडीलाई १ सय ९ मतले पराजित गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुडीले ३५२ मत ल्याउनुभएको छ । 

यस्तै मटिहानी नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय जनता पार्टी (राजपा) उम्मेदवार रामबाबु नायक विजयी हुनुभएको छ । नायकले २० मतले नेकपाका उम्मेदवार जाकिर अंसारीलाई पराजित गर्दै विजयी हुनुभएको हो । नायकले ३ सय ७५ र नेकपाका उम्मेदवार जाकिर अंसारीले ३ सय ५५ मत ल्याउनुभएको निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया