१३ औँ साग : नेपालले दियो श्रीलंकालाई १७३ रनकाे लक्ष्य

 मंसिर १७, २०७६ मंगलबार १३:५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले श्रीलंकालाई एक सय ७३ रनकाे लक्ष्य दिएकाे छ । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायाे ।

नेपालको लागि दीपेन्द्र ऐरीले सर्वाधिक ७२ रन बनाए। उनले ४४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। पवन सर्राफले २२, बिनोद भण्डारी र ज्ञानेन्द्र मल्लले समान २१ रन तथा आरिफ शेखले १९ रन बनाए ।

नेपालले सुरूवात भने खराब गर्‍यो । पारस खड्का मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि आरिफ शेख १९ तथा ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए ।

चौथो विकेटको लागि दिपेन्द्र ऐरी र विनोद भण्डारीले अर्धशतकीय साझेदारी गरे। ५६ रनको साझेदारी गरे पछि विनोद २१ रन बनाएर कामिन्दु मेन्डीसले बोल्ड गरे । पाँचौ विकेटका लागि दिपेन्द्रले पवनसँग ६२ रनको साझेदारी गरे।

श्रीलंकाको बलिंगमा कामिन्दु मेन्डिसले २ विकेट लिए। असिथा फर्नान्डो, कभिस्का अन्जुला र दुभिन्दु तिलकरत्नेले समान १/१ विकेट लिए ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया