कर्णाली प्रतिष्ठानमा रबरको गोली चल्यो, रणभूमि हेरेर बस्न नसक्ने केसीको भनाई

 साउन ३, २०७५ बिहिबार १३:५२:६ | नेत्र शाही

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा प्रहरीले केसी अनसन स्थलमा जान प्रयास गरेर लाठी चार्ज गर्दा दोहोरो भिडन्त भएपछि प्रतिष्ठान रणभूमिमा परिणत भएको छ । 

प्रहरी र विद्यार्थीबीच झडप भएपछि एक जना कमल नाम गरेका युवालाई रबरको गोली लागेर गम्भीर घाइते भएका छन । यसैगरी प्रतिष्ठानका २७ विद्यार्थी घाइते भएका र सबैको इमरजेन्सीमा उपचार भइरहेको प्रतिष्ठानले जोनाएको छ । 

केसी काठमाडौं जान तयार 

यसअघि डा. गोविन्द केसीले सरकारले माग पूरा नगरेसम्म काठमाडौं नजाने अडान लिए पनि अस्पतालको क्षति देख्दा आफू बस्न नमिल्ने भन्दै काठमाडौं जाने बताउनुभयो । केसीले पत्रकार सम्मेलन गरेर जुम्लाले आफूलाई गरेको सहयोग अविश्मरणीय रहेको भन्दै आफ्नो सत्याग्रह जता गए पनि जारी रहने बताउनुभयो । 

यसैगरी कर्णाली प्रतिष्ठानको झ्यालको सिसा, फर्निचरहरु तोडफोड भएर लाखौैंको क्षति भएको छ । 


अन्तिम अपडेट: बैशाख १, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया