खोटाङ समाज युएईद्वारा आर्थिक सहयोग

 साउन ३, २०७५ बिहिबार १४:२६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

युएई – आँखाको क्यान्सर लागेर पीडित बनेका बालकलाई खोटाङ समाज युएईले आर्थिक सहयोग गरेको छ ।

दाँया आँखामा क्यान्सर लागेर कान्तिबाल अस्पतालमा उपचार गराइगहेका खोटाङको मझुवागढी ३ बाम्राङ सामातुङका ५ वर्षे अंकित राईलाई समाजले २९ हजार ५५० रुपैयाँ सहयोग गरेको हो । 

संस्थाकी प्रथम उपाध्यक्ष भगवती चाम्लिङको संयोजनमा एक हप्तामा संकलन गरिएको रकम बुधवार अस्पातलमा पुगेर बिरामीका बुवा बिदेश राईलाई हस्तान्तरण गरिएको अभियानका सहसंयोजक नारायण बस्नेतले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया