डा. केसीले सरकारको हेलिकप्टर नचढने, आफ्नै तरिकाले काठमाडौं जाने

 साउन ३, २०७५ बिहिबार १४:३५:१९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – डाक्टर गोविन्द केसीले सरकारको हेलिकप्टर नचढ्ने बताउनु भएको छ । 

उहाँले आफू आफ्नै तरिकाले काठमाडौं जाने बताउनु भएको छ । केसीले पत्रकार सम्मेलन गरेर काठमाडौं जाने जानकारी दिनुभएको छ । यसैगरी सरकारले ल्याएको हेलिकप्टर नेपाली सेनाको भगवती दल गणमा वसेको छ । 
 

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा प्रहरीले केसी अनसन स्थलमा जान प्रयास गरेर लाठी चार्ज गर्दा दोहोरो भिडन्त भएपछि प्रतिष्ठानमा ठूलो क्षति भएको छ । यसैगरी केसीको अवस्था बुझ्ने भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, गहृमन्त्री नरेश भण्डारी शिक्षा सचिव खगराज बराल र स्वास्थ्य विभागका डा. गुणराज लोहनी जुम्लामा आउनु भएको छ ।  उहाँहरुलाई छिर्न नदिएपछि  प्रतिष्ठानबाट फर्किनु भएको थियो ।

यसैगरी प्रहरी र विद्यार्थी , समर्थकबीच भिडन्त भएपछि अस्पतालमै एक जना युवा रबरको गोली लागेर गम्भीर घाइते भएका छन । यसैगरी प्रतिष्ठानका २७ विद्यार्थी घाइते भएका र सबैको इमरजेन्सीमा उपचार भैरहेको प्रतिष्ठानले जनाएको छ । 

यसअघि डाक्टर गोविन्द केसीले सरकारले माग पूरा नगरेसम्म काठमाडौं नजाने अडान लिए पनि अस्पतालको क्षति देख्दा आफू बस्न नमिल्ने भन्दै काठमाडौं जाने बताउनुभयो । केसीले पत्रकार सम्मेलन गरेर जुम्लाले आफूलाई गरेको सहयोग अविश्मरणीय रहेको भन्दै आफ्नो सत्याग्रह जता गए पनि जारी रहने बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया