स्पेनिस ला लिगा : मेस्सीकाे ह्याट्रिकमा वार्सिलाेनाकाे जित

 मंसिर २२, २०७६ आइतबार ७:३३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्पेनिस ला लिगामा लियोनल मेस्सीले ह्याट्रिक गर्दा वार्सिलाेना फराकिलाे जित निकाल्न सफल भएकाे छ । लालिगा अन्तर्गत आइतबार बिहान भएकाे खेलमा रियल माल्लोर्काविरुद्ध भएको खेलमा मेस्सीले ह्याट्रिक गरेका हुन् ।

खेलमा बार्सिलोना ५–२ ले विजयी भयाे । बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा ७ औं मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट बार्सिलोनाले अग्रता लिएकाे थियो ।

१७औं मिनेटमा मेस्सीले गोल गरी अग्रता दोब्बर बनाए । ३५औं मिनेटमा माल्लोर्काका अन्टे बुदिमिरले गोल गरी २–१ मा ल्याएका थिए । ४१औं मिनेटमा मेस्सीले अर्काे गोल गरी अग्रता पुनः बढाए लगतै ४३औं मिनेटमा स्वारेजले गोल गर्दा बार्सिलोना पहिलो हाफमै ४–१ ले अघि बढ्यो ।

दोस्रो हाफको ६४औं मिनेटमा अन्टे बुदिमिरले अर्काे गोल गरी माल्लोर्कालाई खेलमा फर्काउने प्रयास गरेका थिए । मेस्सीले ८३औं मिनेटमा ह्याट्रिक पूरा गरे । यो उनको ला लिगाको ३५औं ह्याट्रिक हो ।

खेलअघि मेस्सीले क्याम्प नाउम छैटौं पटक पाएको बोलोन डी’ओर अवार्डको प्रदर्शन गरेका थिए । गएकाे सोमबार मात्रै मेस्सीले बोलोन डी’ओर अवार्ड पाएका थिए ।

जितपछि बार्सिलोना १५ खेलबाट ३४ अंकसहित शीर्ष स्थानमा कायम छ । शनिबार रातिको खेलमा स्पानियोललाई २–० ले हराएको रियल मड्रिड समान खेलबाट समान ३४ अंक बनाई दोस्रो स्थानमा छ । बार्सिलोनाले रियललाई गोलअन्तरमा पछि पारेको हो।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया