जिल्ला अदालतमा २०२० सालदेखिको ६ सय ९४ वर्ष कैद भूक्तान बाँकी

 साउन ३, २०७५ बिहिबार १५:५९:४७ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– ओखलढुंगा जिल्ला अदालतमा कैद सजाय तोकिएका मुद्दाको कैद भुक्तान ५५ वर्षदेखि बाँकी छ ।

विभिन्न मुद्दामा कैद सजाय ठेगिएर भुक्तान नभएको अभिलेख पहिलो मुलुकी ऐन जारी भएको २०२० सालदेखि बाँकी छ ।

अदालतका श्रेष्तेदार तीर्थराज भट्टराईका अनुसार विभिन्न मुद्दामा कैद सजाय तोकिएका व्यक्तिहरुको कैद भुक्तान २०२० सालदेखिकै अभिलेख देखिएको छ ।

ट्टराईले अहिलेसम्म ६ सय ९४ वर्ष ६ महिना २२ दिन कैद भूक्तान बाँकी रहेको बताउनुभयो । फैसला कार्यन्वयन नुहँदा अदालतमा कैद भुक्तान अवधि बर्सेनि बढ्ने गरेको छ । 

त्यस्तै अदालतले गरेका फैसला कार्यन्वयनमा राज्यका निकाय जिम्मेवार नहुँदा जरिवाना असुली पनि बाँकी देखिएको छ । विभिन्न मुद्दामा लामो समयदेखि ९७ लाख ५५ हजार २५ रुपैयाँ जरिवाना असुली गर्न बाँकी छ । गएको आर्थिक वर्षमा विभिन्न मुद्दामा २३ वर्ष ९ महिना कैद र ७९ हजार ४ सय ६२ रुपैंया जरिवाना असुल गरिएको छ ।

कैद भुक्तान र  तथा जरिवाना असुली गर्न फैसला कार्यन्यन नहुँदा समस्या देखिएको अदालतका श्रेष्तेदार भट्टाईले बताउनुभयो ।   

आर्थिक वर्ष ०७४÷०७५  विभिन्न मा १७ फौजदारी मुद्दामा कैद तथा जरिवाना  हुने सजाय तोकिएको छ ।

अदलतका अनुसार लक्ष्य अनुसार मुद्दा दर्ता संख्या घटेको र संसदीय निर्वाचनमा दुई महिना अदालतका सबै कर्मचारी खटिएकाले मुद्दा फछ्र्यौटको लक्ष्य ७५ प्रतिशत राखेकोमा ७४ प्रतिशत भएको छ ।

गत आर्थिक वर्षमा दर्ता भएका १ सय ७८ र जिम्मेवारी सरि आएका गरि २ सय ८७ थान मुद्दा दर्ता भएकोमा २ सय ११ थान फछ्र्याैट भएका छन् ।  
 

अन्तिम अपडेट: चैत २४, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया