श्रीलंकाविरुद्धको २ टेस्ट म्याचका लागि पाकिस्तानकाे टाेली घोषणा

 मंसिर २२, २०७६ आइतबार १३:५२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - श्रीलंकाविरुद्धको २ टेस्ट म्याचका लागि पाकिस्तानले टिम घोषणा गरेको छ ।

पाकिस्तानी टेस्ट टिममा १० वर्षपछि फवाद आलमले पुनरागमन गरेका छन् । २००९ मा न्यूजिल्याण्डविरुद्ध टेस्ट खेलेका फवाद त्यसपछि टिममा अटाएका थिएनन् ।

उनी अहिले प्रथम श्रेणी क्रिकेटमा संलग्न रहँदै आएका थिए । प्रथम श्रेणी क्रिकेटमा १२ हजार रन बनाएका फवादलाई त्यसै प्रर्दशनका आधारमा टिममा बोलाइएको पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले जनाएको छ ।

यस्तै उस्मान शिनवारी पनि टिममा रहेका छन् । उनले पाकिस्तानका लागि १७ एक दिवसीय र १६ टी-२० खेलेका छन् । यस्तै पाकिस्तान टिमका अलराउण्डर इफ्तिखर अहमद र मूसा खान भने टिममा पर्न असफल रहे । उनीहरु यसअघि अस्ट्रेलियाविरुद्धको सिरिजमा भने थिए ।

अस्ट्रेलिया सिरिजमा डेब्यु गरेका नसीम साह भने यू-१९ विश्वकपको टिममा परे पनि उनलाई टेस्ट क्रिकेटमा पनि राखिएको छ । पहिलो टेस्ट रावलपिण्डीमा ११ डिसेम्सबरदेखि सुरु हुँदैछ । दोस्रो टेस्ट १९ डिसेम्बरमा कराँचीमा हुने छ । पाकिस्तानमा एक दशकपछि पहिलो पटक टेस्ट क्रिकेट आयोजना हुँदैछ ।

यस्ताे छ पाकिस्तानको टिम

अजहर अली (कप्तान), आबिद अली, अशद शफीक, बाबर आजम, फवाद आलम, ह्यारिस सोहेल, इमाम उल हक, इमरान खान, कासिफ भाटी, मोहम्मद अब्बास, मोहम्मद रिजवान, शाहीन शाह अफ्रिदी, शान मसूद, यासिर शाह, उस्मान शिनवारी

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया