अभिनेत्री सोनाली बेन्द्रेले क्यान्सर लागेको खबर सुनाउँदा १२ वर्षीय छोराले दिए यस्तो प्रतिक्रिया

 साउन ३, २०७५ बिहिबार १७:१८:२५ | एजेन्सी

बलिउड अभिनेत्री सोनाली बेन्द्रे यतिबेला क्यान्सर जस्तो रोगको सामना गरिरहेकी छिन । उनी हाल अमेरिकाको न्यूयोर्कस्थित अस्पतालमा उपचार गरिरहेकी छिन् ।

सोनालीले आफूलाई क्यान्सर भएको खबर स्वयमले सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गरेकी थिइन । साथमा उनको परिवार, श्रीमान तथा साथीभाइले आफ्नो हेरचाह गरेको खबर पनि उनैले भनेकी थिइन् । 

सोनाली तथा उनका श्रीमान गोल्डी बेहलका १२ वर्षीय छोरा छन् । उनले संसारसामु यस कुरालाई सार्वजनिक त गरिन् तर यही कुरा उनका १२ वर्षीय बालक छोरालाई भन्न सजिलो थिएन । 

सोनालीले आज उनको ट्वीटरमार्फत आफुलाई क्यान्सर रोग लागेको खबर छोरालाई भनेको र उनका छोराले कस्तो प्रतिक्रिया जनाए भन्ने बारेमा ट्वीट गरेकी छिन् ।   
 
सोनालीले लेखेकी छिन्, ‘१२ वर्ष ११ महिना ८ दिन अघि जब रणवीर जन्मियो । त्यही बेलादेखि उसले मेरो मुटुमा राज गरिरहेको छ । त्यहीबेलादेखि उसको खुशी र हेरचाह नै मेरो श्रीमान र मेरो लागि महत्वको विषय बन्दै आएको छ । तर जव क्यान्सर जस्तो भयानक रोगबाट ग्रस्त भएको थाहा पाएँ । त्यस पछि हामीलाई सबैभन्दा अप्ठ्यारो यो भयो की अब उसलाई यो कुरा कसरी भन्ने ?’ 

सोनाली भन्छिन्, ‘उसलाई लिएर हामी जति चिन्तित थियौँ , उसलाई यो सबै सत्य बताउनु पनि त्यतिकै आवश्यक पनि थियो । हामी सदैव उसप्रति इमान्दार रहदै आएका छौँ र सधैँ उसँग साँचो बोल्थ्यौँ । तसर्थ यस पटक पनि सत्य कुरा बताउनु नै थियो । उसले निकै परिपक्वताका साथ यस खबरको सामना गर्‍यो । त्यही कुरा मेरा लागि तागत अनि सकारात्मकताको स्रोत बन्यो । कयौं पल्ट उसको भूमिका बद्लिएको महसुस गर्छु । उसले मलाई के गर्नुपर्छ भनेर सम्झाइरहेको हुन्छ । 

 

मलाई लाग्छ यस किसिमको हालतमा बालबालिकालाई सत्यबाट टाढा राख्नु र कुरा लुकाउनु गलत हो । उनीहरुलाई साँचो कुरा बताउनु आवश्यक हुन्छ । उनीहरुसँग समय बिताउनु र यस अवस्थामा उनीहरुलाई साथमा राख्नु जरुरी हुन्छ । हामी आफ्नो सन्तालाई दुःख र जिन्दगीको सत्यताबाट बचाएर राख्ने प्रयासमा केही उल्टो काम गरिरहेका हुन्छौं । 

 

म यतिबेला रणवीरका साथमा समय बिताइरहेकी छु । उ अहिले गर्मी बिदामा छ । म उसको नटखटे व्यवहारमा आफ्नो पीडा भुलाउने कोशिषमा छु । हामी दुवै एकअर्काको तागत बनिरहेका छौँ ।’  

अन्तिम अपडेट: चैत २८, २०८०

1 Comments

  • Niranjan Pradhan

    July 19, 2018, 6:30 p.m.

    Wish you a speedy recovery 🙏🙏🙏

  •  0 Reply

तपाईको प्रतिक्रिया