यस्तो छ सन्दिप लामिछानेको गीतको म्युजिक भिडियो

 साउन ३, २०७५ बिहिबार १७:५८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपालीयुवा पुस्ताका चर्चित क्रिकेटर सन्दिप लामिछानेको पहिलो गीतको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको छ ।

बुधबार राजधानीमा ‘उदास मेरो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

सन्दिपले आईपीएल खेल्नुभन्दा अगाडि नै गीतको अडियो सार्वजनिक गरिसकेका थिए । 

लामिछानेलाई उक्तम्युजिक भिडियो सार्वजनिक कार्यक्रममा नै निम्बसले ५० हजार रुपैयाँको चेक सहित सम्मान गरेको छ ।

म्युजिक भिडियोमा जीबन भट्टराई र सृष्टि खड्का को अभिनय रहेको छ ।

 

लामिछानेले कार्यक्रममा भने, ‘म आज जुन स्थानमा छु, त्यो सबै क्रिकेटले गर्दानै भएकोले क्रिकेटलाई अझै मेहनतका साथ अगाडि लैजानेछु ।’ 

उनले क्रिकेट खेल्न सुरु गर्दा परिवारबाट पहिले साथ नपाएको तर अहिले निकै राम्रो साथ र सहयोग पाएकोले गीत संगीत र क्रिकेटलाई संगै अघि बढाउने बताए ।
उज्यालाे र गफगाफ डट कमकाे सहकार्यमा

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया