अमेरिकाकाे जर्सी शहरमा गाेली हानाहान, प्रहरी अधिकारीसहित ६ जनाकाे ज्यान गयाे

 मंसिर २५, २०७६ बुधबार ८:२०:९ | एजेन्सी
unn.prixa.net

अमेरिकाको न्यू जर्सी शहरमा भएको गोलाबारीमा एक प्रहरी अधिकारीसहित ६ जनाको ज्यान गएको छ ।

जर्सी शहरका मेयर स्टिभन फुलपका अनुसार गोलाबारीमा अन्य प्रहरी अधिकारी पनि घाइते भएका छन् । शहरको ग्रीनविले इलाकामा कम्तीमा एक घण्टासम्म दुवै तर्फबाट गोलाबारी भएको थियो ।

जर्सी शहर हडसन नदीको दोस्रोतर्फ पर्छ । हडसन नदीको अर्कोतर्फ न्यूयोर्क शहर छ । 

अहिलेसम्म गोलीबारी गर्ने पहिचान हुन सकेको छैन । प्रहरी अधिकारीहरुले भने गोलाबारीको पछाडि चरमपन्थी समूहको हात रहेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार संदिग्ध समूहरु एउटा दोकानमा लुकेर बसेका थिए र त्यहाँबाट नै गोलाबारी सुरु भएको हो ।

गोलाबारीमा ३९ वर्षीय प्रहरी अधिकारी जोसेफ सिल्सको ज्यान गएको हो । उनी पछिल्लो १३ वर्षदेखि जर्सी शहरको प्रहरी सेवामा थिए । 

जर्सी शहरका प्रहरी प्रमुख माइक केलीले भने, ‘जोसेफ सिल्सले सडकबाट बन्दुक हटाउन महत्वपूर्ण भूमिका निभाएका थिए ।’ उनका अनुसार दिउँसो १२ बजेको समयमा गोलाबारीको सुरुवात भएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया