हात्तीकाे आक्रमणबाट कञ्चनपुरमा २ जनाकाे ज्यान गयाे

 मंसिर २५, २०७६ बुधबार १२:८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

कञ्चनपुर – महाकाली नगरपालिका २ मा हात्तीको आक्रमणबाट २ जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट अन्य ४ जना घाइते भएका छन् । 

ज्यान गुमाउनेमा स्थानीय ३८ वर्षीया वसन्ती भट्ट र ४५ वर्षकी भुरीदेवी बोहरा रहेका छन् । त्यस्तै हात्तीको आक्रमणबाट सरिता ओझा, उमादेवी साउद, ललिता बोहरा र सुनिता विष्ट र्घाते भएका छन् । 

घाइतेमध्ये २ जनाको महाकाली अस्पताल र २ जनाको भारतको एक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

हात्तीको आक्रमण गर्दा त्रासका कारण केही व्यक्ति हराइरहेकाले उनीहरुको अहिले खोजी भइरहेको छ । खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीय खटिएका छन् । 

आक्रमण गर्ने ३ वटा हात्तीलाई बिहान लखेटिएको स्थानीय बासिन्दाले बताएका छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया