भक्तपुरमा स्कुल बस दुर्घटना : ५८ जना घाइते, पाँचको अवस्था चिन्ताजनक

 साउन ३, २०७५ बिहिबार १८:५७:१० | उज्यालो सहकर्मी


भक्तपुर – भक्तपुरको ठिमीमा स्कुल बस दुर्घटना हुँदा ५८ जना घाइते भएका छन् । काठमाडौंको मूलपानीबाट क्रिश्चियन कम्युनिटी स्कुलको विद्यार्थी लिएर भक्तपुरतर्फ जाँदै गरेको बा २ क ९२५० नम्बरको बस दुर्घटना भएको हो । 

घाइतेमध्ये ४१ जनाको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ । भने १७ जनाको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ । 

५ जनाको अवस्था चिन्ताजनक रहेकाले उनीहरुको मध्यपुर थिमीको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस के कारणले दुर्घटना भएको भन्ने बारे केही खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया