केही राजनीतिक दलहरु दुनो सोझ्याउन केसीको जीवनसँग खेलवाड गर्दैछन्: प्रम अाेली

 साउन ३, २०७५ बिहिबार १९:१८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – प्रधानमन्त्री केपी शर्मा ओलीले केही राजनीतिक दलहरु आफ्नो दुनो सोझ्याउन गोविन्द केसीको जीवनसँग खेलवाड गरिरहेको बताउनुभएको छ ।

पोखरा विश्वविद्यालयको १९ औं साधारणसभालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर रहेको बताउनुभयो । 

डाक्टर गोविन्द केसीको स्वास्थ्य कमजोर भएको जानकारी पाएपछि सरकारले चिकित्सकको टोली पठाँउदा केसीको छेउमा पुग्न अवरोध गर्नु नाजायज काम भएको उहाँले बताउनुभयो । 

एउटा जमातले जे भन्यो त्यो सरकारले पत्याइदिनु जायज नभएको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘गोविन्द केसी आफ्नो खुशीमाचलिरहनु भएको छ कि पराधिन हुनुहुन्छ?बुझ्न सकिएन ।’

प्रधानमन्त्री ओलीले केही राजनीतिक दलले गोविन्द केसीको अनसनलाई देखाएर आफ्नो राजनीतिलाई जीवित राख्न खोजे त्यो स्थायी नहुने दावी गर्नुभएको छ ।

‘केही–केहीमानिसहरु गोविन्द केसीको अनसनलाई देखाएर आफ्नो रोटी सेक्न खोज्दैछन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

चिकित्सकले हड्तालगर्नु आफ्नो पेशागत मर्यादा विपरीत भएको प्रधानमन्त्रीको भनाइ छ । 

‘अन्य पेशाका पेशाकर्मीलाई आज हड्ताल छ,काम गर्दिन भन्दा त्यसले ठूलो घाटा नगर्ला तर, डाक्टरले बिरामी जाँच्दिन भन्दा एकैदिनमा कैयौंको ज्यान जान सक्छ,’ ओलीले भन्नुभयाे,‘बिरामीको उपचार गर्ने पेशा रोज्ने अनि उपचारै गर्दिन भन्नु नैतिकताहीनता हो ।’

काँग्रेसको आन्दोलनप्रति संकेत गदै प्रधानमन्त्री ओलीले कसैलाई मन नपरेको पार्टीले बुहमत ल्यायाे, सरकार बनायो भन्दैमा आन्दोलन गर्नुको अर्थ नभएको बताउनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया