अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं – बीस दिनदेखि जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ ।
जुम्लाबाट सुर्खेत हुँदै सेनाको हेलिकप्टरमाफर्त उहाँलाई काठमाडौं ल्याइएको हो । उहाँलाई लिएर आएको सेनाको हेलिकप्टर पौने सात बजे काठमाडौंको सैनिक मञ्चमा अवतरण गरिएको थियो ।
डाक्टर केसीलाई सैनिक मञ्चबाट नेपाली सेनाको एम्बुलेन्समा महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । शिक्षण अस्पतालको आकस्मिक कक्षमा डाक्टर केसीको उपचार हुने बताइएको छ ।