१६ तस्बिरमा हेर्नुहाेस् उधाैलीकाे राैनक

 मंसिर २६, २०७६ बिहिबार १७:३७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - बिहीबार किराँत समुदायले उधौली  पर्व मनाइरहेका छन् ।

किराँत समुदायले खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । 

किराँतभित्रका विभिन्न जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने किराँत संस्कृतिका अध्येता कीर्तिकुमार दुमी राईले बताउनुभयो । मंसिर शुक्ल पूर्णिमाका दिन उधौली पर्व मनाउने किराँत समुदायले बाली लगाउने बेला अर्थात वैशाख शुक्ल पूर्णिमाका दिन उभौली पर्व मनाउने प्रचलन छ । 

भूमि पूजाका लागि बिहानैदेखि किँरात महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रुङ ढोल झ्याम्टासहित बाजाको तालमा नाच्दै पर्व मनाउने ठाउँमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।

 तस्बिर - विकास लामा

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया