झडपमा परि गम्भीर घाइते भएका प्रहरी जवानलाई हेलिकप्टरबाट काठमाडौं लगियो

 साउन ३, २०७५ बिहिबार १९:३७:२८ | नेत्र शाही

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान कमल शर्मा उपाध्यायलाई थप उपचारका  लागि काठमाडौं लगिएको छ । 

घाइते कमललाई फिस्टेल एयरको हेलिकप्टरबाट थप उपचारका लागि  काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डाक्टर तपनकुमार दाहालले जानकारी दिनुभयो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा क्षेत्रका विभिन्न मागसहित २० दिनदेखि अनसनरत रहेका डा. गोविन्द केसीलाई काठमाडौं लैजाने प्रयास गरेपछि भएको दोहोरो झडपमा कमल गम्भीर घाइते हुनु भएको थियो । 

उहाँको दायाँ फोक्सो छेडिएको र मुटुको समस्या भएकाले भेन्टिलेटरमै काठमाडौं शिक्षण अस्पतालमा रिफर गरिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । दाँया फोक्सोभित्र कुनै वस्तु  रहेको तर गोली, किला वा सिसामध्ये के हो भन्ने थाहा नभएको डाक्टरहरुले जनाएका छन् ।

सुरुमा अत्याधिक रक्तश्राव भए पनि बग्न भने प्रथामिक उपचार पछि कम भएको छ । यसैगरी घाइते प्रहरी जवान कमल  शर्मा उपाध्यायको साथमा दुईजना चिकित्सकहरु पनि गएका अस्पतालले जनाएको छ ।  

यसैगरी आज गोविन्द केसीलाई पनि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पुर्याइसकिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया