नेताहरुकाे व्यस्तताका कारण नेकपा सचिवालय बैठक सर्‍याे

 मंसिर २७, २०७६ शुक्रबार ९:४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार बस्ने भनिएको सचिवालय बैठक नबस्ने भएको छ । 

नेताहरुको व्यस्तताका कारण शुक्रबारको बैठक सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठक शनिबार वा आइतबार बस्ने भन्ने टुंगो लागि नसकेको उहाँले जानकारी दिनुभयो । 

गएको मङ्सिर १४ गते बसेको स्थायी कमिटी बैठकको कार्यसूची, उपचुनावको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका बारे छलफल गर्न नेकपाको सचिवालय बैठक शुक्रबारका लागि बोलाइएको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया