देशलाई आवश्यक परे नेपाली सेना जस्तोसुकै भूमिका निर्वाह गर्न तयार छ : महारथी थापा

 मंसिर ३०, २०७६ सोमबार २०:४७:५६ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – नेपाली सेनाका महारथी पूर्णचन्द्र थापाले देशलाई आवश्यक परेको खण्डमा नेपाली सेना हरेक भूमिका निर्वाह गर्न तयार रहेको बताउनु भएको छ । 

सोमबार महोत्तरीको सोनमा गाउँपालिका ३ को खखनामा आयोजित निःशुल्क बृहत् स्वास्थ्य शिनविरको अनुगमनको क्रममा पत्रकारसँग कुराकानी गर्नुहुँदै महारथी सेनाले हरेक परिस्थितिसँग सामना गर्नका लागि नेपाली सेना देशका हरेक भूभागमा खटिनका लागि तयार रहेको धारणा राख्नुभएको हो । 

विगतको समयमा नेपाली सेनाले देशको रक्षाका लागि अहम् भूमिका निर्वाह गरेको चर्चा गर्नुहुँदै महारथी थापाले हरेक पक्षले सकारात्मक सहयोग गरे नेपाली सेनाले पालिकामा गएर रंगशाला पनि निर्माण गर्ने बताउनु भयो । त्यही अवसरमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले महारथी थापालाई मायाको चिनो प्रदान गर्नुभयो । 

सोनमा गाँउपालिकामा गएको मंसिर २७ गतेदेखि पुस ५ गतेसम्म नेपाली आर्मीको प्राविधिक सहयोग एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको छ । जसमा २० हजार सर्वसाधारणको उपचार गरिने आयोजक मूल समितिका संयोजक डा. यादवले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

2 Comments

  • Rudra ghama

    Dec. 17, 2019, 9:14 a.m.

    Bravo

  •  0 Reply
  • Dr. Sugam Jung K.C.

    Dec. 16, 2019, 10:37 p.m.

    नेपाली सेनाको काम भनेको बिदेशिहरुको सिमा सुरक्षाको लागि शान्ति सेनामा गएर डलर कमाउने, देश भित्र बाटो घाटो बनाएर निर्माण कम्पनीको काम गर्ने र देशको बिभिन्न गाउँपालिकामा निःशुल्क बृहत् स्वास्थ्य शिबिरको आयोजन गर्नु हो । पत्रकारसँग कुराकानी गर्नुहुँदै महारथी सेनाले हरेक परिस्थितिसँग सामना गर्न अहम् भूमिका निर्वाह गरेको चर्चा गर्नुहुँदै सेनाले पालिकामा गएर रंगशाला पनि निर्माण गर्ने बताउनु भयो । तसर्थ नेपाली सेनालाई तत्काल खारेज गरी "बहादुर सप्लाई तथा निर्माण कम्पनी" नामाकरन गरिनु पर्दछ।

  •  0 Reply

तपाईको प्रतिक्रिया