दाेस्राे एक दिवसीय : भारतद्वारा वेस्ट इण्डिजलाई ३८८ रनकाे लक्ष्य

 पुस २, २०७६ बुधबार १८:३८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

वेस्ट इण्डिजविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली भारतले ३८८ रनको विशाल लक्ष्य दिएको छ ।

भारतका लागि रोहित शर्माले १५९ तथा केएल राहुलले १०२ रनको शतकीय पारि खेल्दै निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३८७ रन बनाएका थिए । वेस्टइण्डिजका कप्तान कायरन पोलार्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए ।

वेस्टइण्डिजको टिममा सुनील अम्ब्रिस र हेडन वाल्सको ठाउँमा एभिन लुइस र खेरि पिएरेलाई मौका दिइएको थियो । आजको खेलमा शिबम दुबेको ठाउँमा शार्दुल ठाकुरलाई स्थान दिइएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतले रोहित र राहुलकाे शानदार पारीकाे मदतले ३८७ रन बनाएकाे हाे । राेहित र राहुलले शतक बनाए भने कप्तान विराट कोहली खाता नै नखोली आउट भए ।

ओपनिङमा आएका रोहितले श्रेयस अय्यरसँग मिलेर तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरे । रोहितले १३८ बलमा १७ चौका र ५ छक्काको मद्दतले १५९ रन बनाए ।

रोहित आउट भएपछि अय्यरले ऋषभ पन्तसँग मिलेर चौथो विकेटका लागि ७३ रनको साझेदारी गर्दै टिमको स्कोर ३५० कटाए । पन्त चार चौका र तीन छक्काको मद्दतले १६ बलमा ३९ रन बनाउँदै आउट भए ।

अय्यरले ३२ बलमा ५३ रनको योगदान दिए ।

केदार जाधव १६ तथा रविन्द्र जडेजा खाता नै नखोली नट आउट रहे । वेस्ट इण्डिजका लागि शेल्डन कट्रेलले २ तथा किमो पल, अल्जारी जोसेफ र कायरन पोलार्डले एक एक विकेट लिए ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया