जंगली च्याउ खाएर एक महिलाको ज्यान गयो

 साउन ४, २०७५ शुक्रबार ११:३७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

ओखलढुंगा– मोलुङ गाउँपालिका ७ मा जंगली च्याउ खाँदा एक महिलाको ज्यान गएको छ । जंगली च्याउ खाएर मोलुङ ७, पात्लेकी ३८ वर्षीया निम्टी शेर्पाको ज्यान गएको हो ।

वडा अध्यक्ष हेम सुनुवारका अनुसार जंगलबाट ल्याएको च्याउ खाएर विहीबार साँझ सुतेकी शेर्पाको सुतेकै ठाउँमा ज्यान गएको हो । 

घटनापछि प्रहरी टोली खटाएर पोष्ट मार्टमका लागि मृतकको शव जिल्ला अस्पताल रुम्जाटार लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक निरञ्जन भट्टराइले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया