रोनाल्डो युभेन्टस जानुको कारण यस्तो पो रहेछ !

 साउन ४, २०७५ शुक्रबार १५:३२:५६ | एजेन्सी
unn.prixa.net

रियल मड्रिडमा नौ वर्ष सफल बसाई बिताएर रोनाल्डो इटालियन क्लब युभेन्टसमा आवद्ध भएका छन् । रोनाल्डो किन सफल क्लब छोडेर युभेन्टस गए ?

यसमा धेरै कारणहरु हुन सक्छन् । मेस्सीसँगको प्रतिस्पर्धा, खेल शैलीको परिवर्तनका लागि, भिन्न देशमा सफलताका लागि वा धेरै रकम । यस्ता अन्य कारण पनि हुन सक्छन् । त्यसमा अर्को एक कारण हो, स्पेनको आयकर ।

स्पेनमा खेलाडीका लागि ५२ प्रतिशत आयकर लगाइन्छ । इटालीमा भने तुलनात्मक रुपमा आयकर दर कम छ । ला लिगाका अध्यक्ष जाभियर टेबासले रोनाल्डोले युभेन्टस जाने निर्णय गर्नुमा स्पेन सरकारले लगाउने अधिक आयकर पनि भएको प्रतिक्रिया दिएका छन् ।

इटालीमा आयकर दर ४६.२९ प्रतिशत छ । ‘इटालीमा आयकर थोरै तिर्नु पर्ने भएका कारण स्पेनमा भन्दा रोनाल्डोको आकर्षण युभेन्टसमा भएको हो’, ला लिगाका अध्यक्ष टेबासले भने ।

‘यहाँ जति नै पारिश्रमिक पाए पनि थोरै कर तिर्नु पर्ने हुँदा इटालीमा रोनाल्डोले धेरै कमाउँछन् । युभेन्टस जाने रोनाल्डोको निर्णयमा यो पनि एउटा कारण हो’, उनले भने ।

‘विश्वका ठूलो लिगमा स्पेन खेलाडीप्रति कठोर छ । धेरै परिश्रमिकको कुरामा सामान्य अन्तरको करले पनि ठूलो असर पर्दछ ।’

‘बढ्दो प्रतिस्पर्धाको अवस्थामा हामीले यसमा छलफल गर्नु जरुरी छ’, टेबासको धारणा छ ।

नयाँ आयकर नियमका कारण रोनाल्डोले यही पारिश्रमिकबाट पनि वार्षिक एक लाख युरोसम्म फाइदा लिन सक्ने इटालियन सञ्चारमाध्यमले जनाएका छन् ।

विश्वका सर्वाधिक कमाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका रोनाल्डोले नाइकीसँग आजीवन सम्झौता गरेका छन् । जसका कारण एक अर्ब अमेरिकी डलर कमाउनेछन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया