सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै – एसियन क्रिकेट काउन्सिल (एसीसी) टी-२० इस्टर्न रिजन पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । जसमा नेपालले पहिलो खेल चीनसँग खेल्नेछ ।
थाइल्याण्डमा आयोजना हुने प्रतियोगिताको एसीसीले खेल तालिका सार्वजनिक गरेको हो । समूह 'ए' मा रहेको नेपालले फेब्रेवरी २९ मा चीनसँग खेल्नेछ । नेपालको दोस्रो प्रतिद्वन्द्वी थाइल्याण्ड रहेको छ । त्याे खेल मार्च १ मा हुनेछ । यस्तै मार्च ३ मा नेपालले मलेसियासँग खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित आयोजक थाइल्याण्ड, भुटान, चीन, म्यानमार, हङकङ, सिंगापुर र मलेसियाले खेल्नेछन् । दुई समूहमा विभाजन गरेर खेलाइने प्रतियोगिताको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।
नेपालले समूह चरणमा खेल्ने सबै खेल टिसीजी मैदानमा खेल्नेछ । यस प्रतियोगितामा फाइनल प्रवेश गर्ने दुई टिम अगस्टमा मलेसियामा हुने टी-२० एसिया कप छनोटमा सहभागी हुनेछन् ।
छनोटमा इस्टर्न र वेस्टर्न रिजनबाट दुई-दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् ।