कजाकस्तानमा ९५ जना यात्रु बाेकेकाे हवाई जहाज दुर्घटना, नाै जनाकाे ज्यान गयाे

 पुस ११, २०७६ शुक्रबार ९:३३:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कजाकस्तानमा बेक एअरलाइनको हवाई जहाज दुर्घटना भएको छ । 

अल्माटी विमानस्थलमा टेक अफ् गर्ने क्रममा हवाई जहाज दुई तले भवनमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा नाै जनाको ज्यान गएको पुष्टि भएको छ ।

हवाई जहाजमा १०० जना मानिसको सङ्ख्या रहेको अधिकारीहरुले बताएका छन् । जसमा ९५ जना यात्रु र पाँच जना हवाई जहाजका सदस्य थिए । 

अहिले घटनास्थलमा आपतकालीन सेवा सञ्चालन गरिएको छ । दुर्घटनाग्रस्त विमान कजाकस्तानको ठूलो शहर अल्माटीबाट राजधानी नुरसुल्तान जाने क्रममा थियो ।  

हवाई जहाजमा आगाे लागेकाे कुनै समाचार प्राप्त भएकाे छैन । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया