टिप्परको ठक्करबाट पाल्पामा स्कुटर चालककाे ज्यान गयो

 पुस १२, २०७६ शनिबार १९:१६:१० | देव पचभैया
unn.prixa.net

 पाल्पा - टिप्परको ठक्करबाट पाल्पामा शनिबार एक युवकको ज्यान गएको छ ।

तिनाउँ गाउँपालिका-३. ड्यामसाइड नजिक टिप्परले स्कुटरलाई ठक्कर दिँदा बुटवल उपमहानगरपालिका वडा नम्बर-१३, रुपन्देही बस्ने २५ वर्षीय चालक सिद्धान्त थापाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार पाल्पाबाट बुटवल जाँदै गरेको लु २ ख १७ ६३ नम्बरको टिप्परले त्यसै दिशातर्फ जाँदै गरेको लु १९ प २८०३ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई प्रादेशिक अस्पताल बुटवल पठाइको तर अस्पताल पुग्नासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रण लिइएकाे प्रहरीले जनाएकाे छ । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया