माटोको ढिस्कोले पुरिँदा डोजर चालकको ज्यान गयाे

 पुस १३, २०७६ आइतबार १८:५८:२९ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - रोल्पामा सडक खन्दै गरेको डोजरलाई माटाेकाे ढिस्काेले पुर्दा च्यापिएर चालकको ज्यान गएको छ ।

सुनछहरी गाउँपालिका–५, माबाङमा सडक खन्दै गरेको बा २ क ५१२९ नम्बरको डोजरमाथि माटोको ढिस्को खसेको थियो । ढिस्कोले च्यापिएर झिम्रुक गाउँपालिका–६ प्युठानका ४९ वर्षीय चालक हेपेन्द्र नगरकोटीको ज्यान गएकाे हाे ।  

घाइते नगरकोटीलाई उपचारका लागि सुलिचौर लैजाँदै गर्दा बाटोमा नै निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएकाे छ  ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया