‘कश्मीरमा लागेको आगो भारतभरि फैलियो’

 पुस १४, २०७६ सोमबार ११:९:२७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानबाट छापिने उर्दु भाषाको अखबारमा यो हप्ता पाकिस्तानको आन्तरिक राजनीतिक विषयले प्राथमिकता पायो । 

साथै भारतमा नागरिकता संशोधन कानु (सीएए) र राष्ट्रिय नागरिकता रजिस्टार (एनआरसी) को विरुद्ध विरोध प्रदर्शन र भारत प्रशासित कश्मीरसँग जोडिएको खबर विशेष चर्चामा रह्यो । 

भारतमा नागरिकता संशोधन कानुनको विरोधमा कैयौँ शहरमा विरोध प्रदर्शन भइरहेको छ । अहिलेसम्म यो प्रदर्शनमा कम्तीमा २५ जनाको ज्यान गइसकेको छ । उत्तर प्रदेशमा सबैभन्दा धेरै प्रदर्शन भइरहेको छ । उत्तर प्रदेशमा मात्रै कम्तीमा २० जनाको ज्यान गएको छ, जसमध्ये धेरैको प्रहरीको गोली लागेर ज्यान गएकाे छ । पाकिस्तानी अखबारमा यी खबर निकै चर्चामा छन् । 

पाकिस्तानी अखबार ‘जंग’ ले लेखेको छ, ‘नागरिकता संशोधन कानुन (सीएए) को रक्षा गर्न मोदीले राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) लाई लिएर आए ।’

अखबारका अनुसार विवादित कानुन सीएए को विरुद्ध भारतमा विभिन्न शहरमा प्रदर्शन भइरहेका छन् । अखबारहरु लेख्छन्, ‘यो कानुनको विरोधमा भइरहेको प्रदर्शनदेखि आत्तिएका मोदीले आरएसएसले अघि सारे । यो कानुनको विरोध गर्ने एक जना युरोपका नागरिकलाई मोदी सरकारले भारत छा्ड्न आदेश दिएको छ ।’

त्यस्तै अखबार ‘दुनिया’ लेख्छ, ‘उत्तर प्रदेशमा प्रदर्शनकारीले गोली र भाँचिएको लाठीको पनि खर्च उठाउनु पर्छ ।’

‘मुस्लिम समुदायको जिन्दगी कठीन बनाउने कोसिस’

अखबारका अनुसार उत्तर प्रदेशमा सीएए को विरोध गरिरहेका मुस्लिम समुदायको जिन्दगी कठिन बनाउन सरकार कोसिस गरिरहेको छ । 

अखबार लेख्छन्, ‘उत्तर प्रदेशको अतिवादी सरकारले विधेयकको विरोध गरिरहेका मुस्लिम समुदायसँग प्रहरीले गोली र भाँचिएको लाठीको खर्च पनि मागिरहेका छन् ।’ 

एक दलित संगठन ‘भीम आर्मी’ ले प्रधानमन्त्री नरेन्द्र मोदीको निवास स्थानसम्म विरोध प्रदर्शन निकालेका थिए तर प्रहरीले उनीहरुलाई बीच बाटोमा नै रोकिदिए । 

अखबार ‘नई बात’ भन्छ, ‘भारतमा सीएए विरोधी प्रदर्शन मोदीको नियन्त्रणबाहिर भइसक्यो, ड्रोनबाट नियन्त्रण ।’

‘डरमा बाँचिरहेका छन् मुस्लिम समुदाय’

अखबारका अनुसार उत्तर प्रदेशको योगी सरकार त नरेन्द्र मोदीभन्दा चार कदम अघि बढिसक्यो । उत्तर प्रदेशमा अहिलेसम्म २० भन्दा बढीले ज्यान गुमाइसकेका छन्, हजारौँ मानिस गिरफ्तारमा परेका छन् र ६० हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् । 

अखबार ‘नवा–ए–वक्त’ लेख्छ, ‘धेरैजसो मुस्लिम समुदायसहित सयौँलाई जरिबाना रकम भर्न सूचना जारी गरिएको छ ।’

अमेरिकाको अखबार ‘लस एञ्जल्स टाइम्स’ का अनुसार भारतमा मुस्लिम समुदायको डरको जिन्दगी बाँचिरहेका छन् । केही मुस्लिम समुदाय आफ्नो घर छाडेर सुरक्षित स्थानतर्फ गएको अखबारले छापेको छ । 

‘कश्मीरको आगो पूरै भारतमा’

भारत प्रशासित कश्मीरसँग जोडिएको खबर पनि पाकिस्तानी अखबारमा अटाएका छन् । अखबार ‘एक्सप्रेस’ लेख्छ, ‘मोदीले गएको ५ अगस्टमा कश्मीरमा लगाएको आगो पूरै भारतभरि फैलिसक्याे ।’

अखबारका अनुसार पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैशीले पनि मोदी सरकारले ५ अगस्टमा भारत प्रशासित कश्मीरमा लगाएको आगो पूरै भारतमा फैलिसकेको बताए । उनका अनुसार मोदी सरकारको मुस्लिम विरोधी र हिन्दूत्वको सोचले आज पूरै भारतलाई विभाजन गरेको छ । 

अखबारका अनुसार पाकिस्तानी विदेश मन्त्रीले भन्छन्, ‘भारत आफ्नो आन्तरिक अवस्थाबाट नागरिकको ध्यान हटाउन भारत–पाकिस्तान सीमा रेखा (एलओसी) मा सीजफायरको उल्लङ्घन गरिरहेको छ ।’

अखबार ‘दुनिया’ ले जोड दिएको छ, ‘भारतले कश्मीरमा ‘ब्ल्याक आउट’ समाप्त गरोस्ः अन्तर्राष्ट्रिय क्राइसिस ग्रुप ।’

अखबारका अनुसार मोदी सरकारले कश्मीरमा शहीद दिवस (१३ जुलाई) र शेख अब्दुल्ला जन्मदिवसको अवसरमा हुने सरकारी बिदालाई हटाएको छ । उता लद्दाख

र करगिलमा १४५ दिनदेखि बन्द इन्टरनेट र मोबाइल सेवा सुरु गरिएको छ । 

इमरान खान र बिलावलको जिब्रोको लडाइ

पाकिस्तान सरकार र विपक्षको वाक्युद्ध जारी छ । 

अखबार ‘एक्सप्रेस’ का अनुसार प्रमुख विपक्षी पार्टी पाकिस्तान पिपल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टोले प्रधानमन्त्री इमरान खानमाथि आरोप लगाउँदै भनेका छन्, ‘इमरान खानबाट राजनीति र अर्थव्यवस्था चल्न सक्दैन ।’

अखबारका अनुसार बिलावलले आउँदो वर्ष निष्पक्ष चुनावको वर्ष र सन् २०२० मा जनताको आदेशको वर्ष हुने बताए । 

इमरान खानले सन् २०२० विकासको वर्ष हुने र युवाहरुलाई नोकरी दिने बताएका छन् । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया