यी हुन् सन् २०१९ मा सर्वाधिक व्यापार गर्ने १० हिन्दी फिल्म

पहिलो नम्बरमा ‘वार’

 पुस १४, २०७६ सोमबार १८:२४:४६ | जुनू भण्डारी
unn.prixa.net

हरेक वर्ष झैँ सन् २०१९ मा पनि बलिउड फिल्म उद्योगमा कयौँ फिल्महरु रिलिज भए । तीमध्ये केही फिल्मले दर्शकको मन जित्न सफल भए ।

केहीले, बक्स-अफिसमा शानदार प्रदर्शन गरे भने, केही फिल्म फ्लप सावित भए । आज हामी वर्ष २०१९ मा रिलिज भएका तथा बक्स-अफिसमा सर्वाधिक व्यापार गर्न सफल १० फिल्मबारे चर्चा गर्दैछौँ ।  

१.वार
कमाई : ३१८ करोड


वर्ष २०१९ को अक्टुबर २ मा रिलिज भएको फिल्म ‘वार’मा अभिनेता ऋतिक रोशन र टाइगर श्राफले पहिलो पटक एकसाथ काम गरेका छन् । ऋतिक र टाइगरको एक्शनलाई दर्शकले पनि खुबै रुचाए । यही कारण वर्ष २०१९ मा यो फिल्म सर्वाधिक व्यापार गर्न सफल रह्यो । 

२.कबीर सिंह
कमाई : २७८.२४ करोड


अभिनेता शाहिद कपूर र कियारा अडवाणीको मुख्य भूमिका रहेको फिल्म ‘कबीर सिंह’ २१ जून २०१९ मा रिलिज भएको थियो ।

शाहिद कपूरले निभाएको एक पागल प्रेमीको भूमिकालाई दर्शकले निक्कै मन पराए । तसर्थ, यो फिल्मले बक्स-अफिसमा सबैभन्दा धेरै व्यापार गर्ने फिल्मको सूचिमा दोस्रो स्थान बनाउन सफल भयो । 

३. उरीः द सर्जिकल स्ट्राइक
कमाई : २४५.३६ करोड


निर्देशक आदित्य धरको निर्देशनमा बनेको फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ बक्स अफिसमा मात्रै नभई बलिउडको अहिलेसम्मकै सर्वाधिक नाफा कमाउने फिल्म बनेको छ । अभिनेता किक्की कौशलको मुख्य भूमिका रहेको यो फिल्म जम्मा २५ करोड भारुमा बनेको थियो ।

तर, यस फिल्मले बक्स-अफिसमा २४५.३६ करोडको व्यापार गर्‍याे । अर्थात फिल्मले २२०.३६ करोडको मुनाफा कमायो । यसका साथै, उरीः द सर्जिकल स्ट्राइक वर्ष २०१९ को सर्वाधिक व्यापार गर्ने फिल्मको सूचीमा सामेल भयो । 

४.भारत
कमाई : २०९.३६ करोड

अभिनेता सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘भारत’ जून ५, २०१९ मा प्रदर्शन भएको थियो । यस फिल्ममा सलमान खानका साथै अभिनेत्री कट्रिना कैफ र सुनील ग्रोवरको मुख्य भूमिका रहेको छ । 

५. हाउसफूल ४
कमाई : २०६ करोड


वर्ष २०१९ को अक्टुवरमा रिलिज भएको फिल्म ‘हाउसफूल ४’ले दर्शक तथा फिल्म समिक्षकबाट प्रशंसा भन्दापनि आलोचना बढी कमायो । तर, बक्सअफिसमा भने फिल्मले राम्रो व्यापार गर्न सफल भयो । फिल्ममा अक्षय कुमार, रितेश देशमुख, बबी देवल, कृति सेनन, पुजा हेगडे, कृति खरबन्दाको मुख्य भूमिका रहेको छ । 

६. मिशन मंगल

कमाई : २००.१६ करोड 


फिल्म ‘मिशन मंगल’ भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का वैज्ञानिकहरुको कहानीमा आधारित फिल्म हो । २०१९ को अगष्टमा रिलिज भएको यस फिल्ममा इसरोको मंगल ग्रहसम्मको सफल आरोहणलाई देखाइएको छ ।

फिल्ममा अक्षय कुमार, विद्या बालन, सोनाक्षी सिन्हा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । 

७.टोटल धमाल
कमाई : १५४.३०


मल्टी स्टार फिल्म ‘टोटल धमाल’ फेब्रुअरी २२, २०१९ मा रिलिज भएको थियो । यस फिल्ममा अजय देवगन, माधुरी दिक्षित, अनिल कपूर, रितेश देशमुख लगायतका कलाकार अभिनय रहेको छ ।

८.केसरी
कमाई : १५३ करोड


फिल्म ‘केसरी’ सन् १८९७ मा भारतको सारागढीमा भएको यस्तो युद्धको कहानीमा आधारित छ, जहाँ २१ सैनिकहरुले १० हजार अफगानीहरुसँग लडेका थिए । मार्च २१, २०१९ मा रिलिज भएको यस फिल्ममा अक्षय कुमारको मुख्य भूमिका रहेको छ । 

९. छिछोरे 
कमाई : १५०.३६ करोड 


फिल्म ‘छिछोरे’मा अभिनेता सुशान्त सिंह राजपूत लगायतका अन्य कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा कलेजको कहानीलाई उत्कृष्ट ढंगले देखाइएको छ । साथै, सँधै पढाइमा पहिलो नै हुनुपर्छ भन्ने जरुरी छैन् भन्ने कुरालाई यस फिल्ममा उत्कृष्ट ढंगबाट प्रस्तुत गरिएको छ ।

१०.गली ब्वाय
कमाई : १४९.३१


रणबीर सिंह र आलिया भट्टको मुख्य भूमिका रहेको फिल्म ‘गली ब्वाय’ लाई पनि दर्शकले निकै मन पराए । सामाजिक सञ्जालमासमेत यो फिल्मको निकै चर्चा भयो । यस फिल्मलाई भारतको तर्फबाट ओस्कार अवार्डका लागि पनि पठाइयो ।

तर, छनौट प्रक्रियामा यो फिल्म ओस्कार पुरस्कारका लागि अगाडी बढ्न सकेन । यस फिल्ममा एक त्यस्ता गरिब परिवारको युवकको कहानी देखाइएको छ, जो र्‍यापर बन्न चाहन्छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

जुनू भण्डारी

जुनू भण्डारी उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया