मोटरसाइकलमा घर जाँदै गरेका युवकमाथि गोली प्रहार

 साउन ५, २०७५ शनिबार ९:१३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरहा –धनगढीमाई –१३, भर्लेनीमा गोली लागी एक युवक घाइते भएका छन् । घनगढी बजारबाट स. ८ प ३१९१ नम्बरको मोटरसाइकलमा घर गइरहेको बेला

शुक्रबार राति ३० वर्षीय प्रदीप यादवमाथि बाटोमा ४-५ जनाको समूहमा रहेकाहरुले गोली हानेको गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यादवको देब्रे हातको हत्केलामा गोलीका छर्राहरु लागेको प्रहरीले जनाएको छ । उहाँकोे स्थानीय सास्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानमा असर पर्ने भन्दै प्रहरीलेउनीहरुको नाम सार्वजनिक गरेको छैन । 
आफूमाथि गोली प्रहारगर्नेमध्ये दुई जनालाई चिनेको घाइते यदवलाई उद्धृत गर्दै उनका आफन्तले जनाएका छन् ।  
    
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया