केशवले लिए एकै इनिङमा ९ विकेट

 साउन ५, २०७५ शनिबार १२:२४:८ | एजेन्सी
unn.prixa.net

दक्षिण अफ्रिकाका बलर केशव महाराजले श्रीलंकासँगको दोश्रो टेष्ट क्रिकेटको पहिलो पालीमा ९ विकेट लिएका छन् । उनी टेष्ट क्रिकेटमा एकै पालीमा ९ विकेट लिने दक्षिण अफ्रिकाका दोश्रो तथा विश्वकै सत्रौँ बलर हुन् ।  

इंग्ल्याण्डका जिम लेकर र भारतका अनिल कुम्बलेले टेष्ट क्रिकेटको एकै इनिङमा १० विकेट लिएर कीर्तिमान बनाएका छन् । महाराजले ९ विकेट लिएपछि श्रीलंका दक्षिण अफ्रिकाको दोश्रो टेष्टको पहिलो ३ सय ३८ रनमा अल आउट भएको छ । 

२८ वर्षे महाराजले श्रीलंकाविरुद्ध ४१ दशमलब १ ओभर बलिङ गर्दै १ सय २९ रन दिएर ९ विकेट लिएका हुन् । त्यस क्रममा महाराजले १० ओभर मेडन राखेका थिए । उनले ८ जनालाई क्याच आउट गराएका थिए भने एक जनालाई एलबीडब्ल्यूको धरापमा पारेका थिए । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया