बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

 पुस १६, २०७६ बुधबार ९:४०:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – बुधबार सबै विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४१ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो कतारी रियालको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको थियो । 

यस्तै ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ०५ पैसा रहेको छ । हिजो खरिददर २९६ रुपैयाँ ११ पैसा रहेको थियो ।  

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकिएको थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २८ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ७१ पैसा र बिक्रीदर २७ रुपैयाँ ८६  पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९  पैसा रहेको थियो । 

कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ९४ पैसा तोकेको छ । हिजो खरिददर ३७५ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०९ पैसा रहेको थियो । 

बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४३ पैसा रहेको थियो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया