डाक्टर केसीका समर्थक र प्रहरीबीच बानेश्वरमा झडप

 साउन ५, २०७५ शनिबार १४:४:३२ | उज्यालो सहकर्मी

काठमाडौं – डाक्टर गोविन्द केसीका समर्थक र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ ।

डाक्टर केसीका माग पूरा गराउन माग गर्दै उहाँका समर्थकले माइतघरदेखि नयाँ बानेश्वरसम्म ¥याली निकालेका थिए । तर बानेश्वरमा समर्थकले प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको हो ।

झडपमा केही व्यक्ति घाइते भएका छन् । प्रहरीले अश्रुग्यास पनि हानेको छ । अहिले बानेश्वरको अवस्था तनाबग्रस्त रहेको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया