मुस्लिम महिला : पैसाको हिसाब सिक्न घुम्टोले छेकेन (भिडियो कथा)

 साउन ५, २०७५ शनिबार १६:५८:४६ | सन्जिता देवकोटा

सुनसरी – सुनसरीको इनरुवा नगरपालिकाको बबियामा रहेको मुस्लिम बस्ती । यो बस्तीमा विदेश जानेका परिवार हप्तामा एकपटक गाउँकै बाल विकास केन्द्रमा जम्मा हुन्छन् । आफूले गरिरहेको कामको बारेमा सुनाउँछन् , अरुका कुरा सुन्छन् । अनि नयाँ कुरा सिक्छन् पनि ।

मुस्लिम समुदायका महिलाहरु समूहमा भेला हुन, नयाँ मानिससँग बोल्न र नयाँ कुरा सिक्न निकै हिचकिचाउँथे । तर यही भेलाले नै कसैसँग नबोल्ने मुस्लिम महिलाहरुका घुम्टो सधैंका लागि उघारिदियो । 

हप्तामा एकपटक जम्मा हुने र नयाँ कुरा सिक्ने गर्न थालेपछि महिलाहरुको घुम्टोसँगै जिन्दगीका धेरै पानाहरु पनि उघारिए । अघिपछि कहिल्यै नगरेको कामको सुरुवात गर्न थाले ।

अघिपछि लुकाएर जिएको जिन्दगी खुल्ला रुपमा जिउँदा कुरा काट्ने कति थिए कति । परिवारसँग कहिल्यै आफ्ना कुरा नराख्ने उनीहरुले खुलेर आफ्ना कुरा राखे । उनीहरुको पारदर्शी व्यवहारले परिवारलाई पनि मनायो ।

श्रीमान् विदेश लागेपछि घर सम्हाल्ने मेलोमेसो नजान्दा उनीहरुले कति अप्ठेरो भोग्नु पर्‍यो । श्रीमानले विदेशबाट पठाएको पैसाको हरहिसाब बुझाउन नसक्दा गाली पनि सहनुपर्‍यो । तर सुरक्षित आप्रवासन परियोजनाले सञ्चालन गरेको वित्तीय साक्षरता कक्षामा बसेपछि अवस्था फेरिएको छ ।

याे पनि पढ्नुहाेस्

परदेशीले हैन परिवारले फेरेको गाउँ

अब श्रीमानलाई विदेशबाट फर्काउँछौ (भिडियो कथा)

विदेशबाट पठाएको पैसा फेसनमा खर्च नगर्दाका फाइदा

परदेशीका श्रीमतीले फेरेको आचार्य गाउँ पुग्दा (भिडियोसहित)

घरैमा बसेर बालबच्चा हुर्काउँदै, व्यापार गर्दै (भिडियो कथा)

सम्बन्ध राम्रो बनाउन घरसल्लाह गर्नुपर्दो रहेछ

हिसाब किताब राख्न थालेपछि सुध्रियो सम्बन्ध, फेरियो जीवनशैली

श्रीमानको कमाइको भर नपर्दा

होमबहादुरको आँगनमा पैसा जोगाउने कक्षा

नुन तेलको हिसाब राख्ने काइदा, छन् फाइदै फाइदा (भिडियोसहित)

ढुङ्गा बोक्छु, गिट्टी कुटछु, विदेशमा होइन गाउँमा (भिडियो कथा)

अन्तिम अपडेट: बैशाख ७, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया