ईरानकाे ५२ ठाउँलाई निसाना बनाइएकाे छ, जुनसुकै बेला आक्रमण गर्न सक्छाैँ : डाेनाल्ड ट्रम्प

 पुस २०, २०७६ आइतबार ८:५:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई चेतावनी दिँदै अमेरिकाले ईरानको ५२ ठाउँलाई निशाना बनाएको बताएका छन् । 

ईरानले कोही अमेरिकी नागरिक र अमेरिकी सम्पत्तिमाथि आक्रमण गर्छ भने उसमाथि ‘निकै छिटो र निकै मजबुत तरिका’ बाट आक्रमण गर्ने ट्रम्पले चेतावनी दिएका छन् ।

ईरानको कुद्स फोर्सका शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्यापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो बयान आएको हो । गएको शुक्रबार अमेरिकी हवाई आक्रमणमा सुलेमानीको ज्यान गएको थियो । 

यो घटनापछि ईरानले सही समय र सही ठाउँमा यसको बदला लिने बताएको छ । 

ट्रम्पले ट्वीट गर्दै भने, ‘ईरान अमेरिकी सम्पत्तिलाई निशाना बनाएको सन्दर्भमा निकै साहसपूर्वक बोलिरहेको छ ।’

ट्रम्पले ईरानको ५२ ठाउँलाई निशाना बनाएको बताउँदै भने, ‘निकै महत्वपूर्ण छ । ईरान र उसको संस्कृतिको लागि निकै महत्वपूर्ण छ । ऊ निशानामा छ, ईरानले अमेरिकामाथि आक्रमण गर्छ भने निकै छिटो र मजबुतीका साथ आक्रमण गरिनेछ ।’

‘अमेरिका अब अरु धम्की चाहँदैन’, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने । 

ट्रम्पले ती ५२ ठाउँले अमेरिकाको प्रतिनिधत्व गर्ने बताए, जसलाई सन् १९७९ मा ईरानले एक वर्षसम्म बन्दी बनाएर राखेको थियो । 

याे पनि पढ्नुस्

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया