डा. केसीकाे माग सम्बोधन गर्न सरकार तयार छ : गृहमन्त्री थापा

 साउन ५, २०७५ शनिबार १८:२७:६ | शैलेन्द्र महतो
unn.prixa.net

पर्सा – गृहमन्त्री रामबहादुर थापा बादलले डाक्टर गोविन्द केसीको मागलाई सम्बोधन गर्न सरकार सकरात्मक रहेको बताउनु भएको छ ।

शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँगको भेटघाटका क्रममा गृहमन्त्री थापाले डाक्टर गोविन्द केसीको मागलाई लोकतान्त्रिक तरिकाले हल गर्ने सरकारको नीति रहेका बताउनुभयो ।

‘डा.केसी जुन माग लिएर अहिले अनसनरत हुनुहुन्छ । उहाँको मागलाई सम्बोधन गर्न सकरात्मक रुपमा सरकारले कदम अगाडि बढाएको छ’, गृहमन्त्री थापाले भन्नुभयो, ‘चिकित्सा शिक्षा सम्बन्धी विधेयक तयार पारिएको छ । जुन स्थगनको अवस्थामा थियो । तर डा.केसीको माग पूरा गर्न तयार गरिएको विधेयक सदनमा प्रस्तुत गर्ने तयारी भइरहेको छ ।’

सरकारको विकास, शान्ति र समृद्धिको अभियानलाई रोकेर देशमा राजनीतिक अस्थिरता पैदा गर्ने षड्यन्त्र भइरहेको गृहमन्त्री थापाको भनाई छ ।

शनिबार नै सरकारी वार्ता टोलीका संयोजक खगराज बरालले विज्ञप्ति निकाल्दै सरकारले डाक्टर केसीलाई जीवन रक्षाका लागि काठमाडौं ल्याएकाे बताउनुभएको छ । शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा डाक्टर केसीपक्षसँग सरकार वार्ता गर्न तयार रहेको र केसी पक्ष बिना शर्त वार्तामा आउन हाह्वान गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारी वार्ता टोली डाक्टर केसीका माग वार्ता मार्फत नै सम्बोधन गर्न सकिने कुरामा विश्वस्त छ र डाक्टर केसी पक्षलाई निशर्त वार्तामा आउन आह्वान गर्दछ ।’ 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • दीपक गौतम

    July 21, 2018, 7:10 p.m.

    देशलाई धरातल मा पुर्याएर विकास को नारा दिने बानी छोडेर वानी बोली सुधार्नुस ।

  •  0 Reply

तपाईको प्रतिक्रिया