आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ – इराकको संसदले एक प्रस्ताव पारित गर्दै सबै विदेशी सैनिकलाई देश छोड्न भनेको छ ।
ईरानी सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले गएको शुक्रबार इराकको राजधानी बगदादमा हवाई आक्रमणमार्फत हत्या गरेको थियो ।
यो घटनापछि इराकको संसदले यो सबै विदेशी सैनिकलाई देश छोड्न भनेको हो । इराकमा अझै पाँच हजार अमेरिकी सैनिक रहेका छन् । संसदले सरकारलाई भनेको छ, ‘विदेशी बललाई इराकको जमिन, हवाई क्षेत्र र जलक्षेत्रको प्रयोग गर्नबाट रोकियोस् ।’
इराकको संसदले सरकारसँग अमेरिकी सेनाको सबै प्रकारको मद्दत बन्द गर्न भनेका छन् । अल–अरयिबाका अनुसार इराकी संसदको विशेष सत्रमा प्रधानमन्त्री अब्दुल महदीले जतिसक्दो चाँडो इराकबाट विदेशी सैनिकको उपस्थिति समाप्त गर्न भनेका छन् ।
प्रधानमन्त्री महदीले इराक आफै आफ्नो आन्तरिक र बाह्य समस्यासँग लड्नसक्ने बताए । उनले ईरानी सैन्य कमाण्डर मारिनु एक राजनीतिक हत्या भएको बताए ।
यद्यपि यो बाध्यकारी भने होइन । अमेरिकी सैनिकको उपस्थितिलाई भने यसले केही असर गर्ने छैन । यदि विदेशी सैनिकलाई इराक बाहिर गर्न चाहन्छ भने उसले सम्झौता समाप्त गर्ने नयाँ विधेयक ल्याउनु पर्ने हुन्छ ।
इराकका प्रधानमन्त्री महदीले भने, ‘इराकसँग दुई वटा विकल्प छन् । अमेरिकी सैनिकले देश छोड्न हामी तत्काल नयाँ विधेयक पास गर्नेछौँ या हामी अमेरिकी सैनिकलाई ट्रेडिङसम्म मात्र सीमित गर्नेछौँ’ ।’