अस्ट्रेलियाको जङ्गलमा लागेको आगो खतरनाक स्थितिमा : झण्डै ५० करोड जनावरकाे जलेर मृत्यु

 पुस २१, २०७६ सोमबार ८:४९:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अस्ट्रेलियाको न्यु साउथ वेल्सको जङ्गलमा लागेको आगो निकै खतरनाक स्थितिमा पुगेको छ । 

गएको सेप्टेम्बरमा लागेको आगोबाट कम्तीमा २४ जनाले ज्यान गुमाइसकेका छन् भने झण्डै ५० लाख हेक्टरमा लगाइएको अन्नबाली नष्ट भइसकेको छ । 

आगलागी कारण झण्डै ५० करोड जनावर र पशुपंक्षी मरिसकेका छन् । यसैबीच एउटा दर्दनक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा एउटा कङ्गारुको बच्चा जलेर तारमा टाँसिएको अवस्थामा देख्न सकिन्छ । 

आगलागीबाट बच्न भागेको कङ्गारुको बच्चा तारमा फस्न पुग्यो र त्यहाँबाट भाग्न नसक्दा पूरै जलेर खरानी भयो । यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यो तस्बिरले हरकोहीलाई विचलित गर्छ । 

आगो लाग्न सुरु भएको चार महिना बितिसक्दा पनि अस्ट्रेलियाको जङ्गलमा लागेको आगो निभेको छैन । आगलागीका कारण कङ्गारु, स्तनधारी पशुपंक्षी मरेका छन् । 

आगलागीमा फसेका जनावरहरुलाई बचाउन कैयौँ संस्था लागिपरेका छन् । आगलागीका कारण अहिलेसम्म अस्ट्रेलियाको १५ मिलियन एकड क्षेत्रफल जङ्गल खरानी भइसकेको छ । 

अस्ट्रेलिया सरकारले न्यु साउथ वेल्स र भिक्टोरिया प्रान्तको जङ्गलमा लागेको आगोलाई लिएर आपतकालीन स्थिति घोषणा गरेको छ । सडक बन्द गरिएको छ भने स्थानीय र पर्यटकलाई त्यहाँबाट अन्यत्रै पठाइएको छ । 

यो सिजनमा यो तेस्रो पटक आपतकालीन घोषणा हो । अस्ट्रेलियामा यो वर्ष यहाँ सबैभन्दा गर्मी र सुख्खा सिजन हो । यहाँ ५० डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको छ । 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले विरोधको सामना गरिरहेका छन् । एक जना दमकलकर्मीले प्रधानमन्त्रीसँग हात मिलाउन पनि मानेनन् । 

यसैबीच प्रधानमन्त्रीको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा प्रधानमन्त्री दमकलकर्मीसँग हात मिलाउन अघि बढ्छन् र दमकलकर्मी भने माफी माग्दै अन्यत्रै लाग्छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया