जेएनयू आक्रमणकाे नालीबेली : 'राजनीतिक रङ्गकाे संज्ञा'

 पुस २१, २०७६ सोमबार १०:५४:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा आइतबार साँझ हिंसा भड्कियो । अनुहार ढाकेर आएका ५० भन्दा बढी जनाको समूहले छात्र र शिक्षकमाथि कुटपिट गर्नुका साथै हेस्टोलको भवनमा तोडफोड पनि गरे । 

आक्रमणमा दर्जनौँ विद्यार्थी घाइते भए । आइतबार साँझ के भएको थियो भन्ने कुराको नालीबेली अब सार्वजनिक भइरहेको छ । आक्रमणमा घाइते भएका केही विद्यार्थीहरुले यसबारेमा बताएका छन् । 

एबीवीपीका सदस्य शिवम चौरसिया जेएनयूमा पीएचडीका छात्र हुन्, उनीमाथि रडले आक्रमण गरियो । उनलाई डाक्टरले टाँका लगाए, उनको घाँटीको पछिल्लो भागमा पनि आक्रमण भएको थियो । शिवमका अनुसार यो सबै घटना रजिस्ट्रेशन शुल्कलाई लिएर भएको थियो । टाँका लगाइसकेपछि शिवमलाई एमस अस्पतालले डिस्चार्ज गरिदियो । 

बीवीपीका सदस्य मनीष पनि पीएचडीका छात्र हुन् । उनको हात फ्रयाक्चर भएको छ, रडबाट आक्रमण हुँदा उनको हातमा गम्भीर चोट लागेको थियो । 

रजिस्ट्रेशन शुल्क बढाइएको विषयलाई लिएर जवाहरलाल नेहरु विश्वविद्यायलयका छात्र लामो समयदेखि प्रशासनको विरोध गरिरहेका थिए । छात्रहरुले सडकमै उत्रेर विरोध प्रदर्शन गरे साथै केन्द्र सरकारविरुद्ध मोर्चा पनि निकालेका थिए । 

त्यसपछि छात्रहरुले सडकमा विरोध गर्नुको सट्टा विश्वविद्यालय परिसरमा विरोध प्रदर्शन गर्ने रणनीति अपनाए । उनीहरुले रजिस्ट्रेशनको पूर्ण बहिष्कार गर्दै नयाँ छात्रहरुलाई पनि रजिस्ट्रेशन गर्न दिएनन् । छुट्टाछुट्टै स्कुलको गेटमा पनि उनीहरुले धर्ना जारी राखे । 

यो समस्याको समाधान निकाल्न प्रशासनले रजिस्ट्रेशनको प्रक्रिया अनलाइनबाट गर्ने विकल्प राख्यो । तर वामपन्थी छात्रहरुले विश्वविद्यालय परिसरमा इन्टरनेट सेवा प्रतिबन्धित गरे, जसका कारण छात्रहरुले रजिस्ट्रेशन गर्न पाएनन् । 

आइतबार रजिस्ट्रेशनको अन्तिम दिन थियो । तर उनीहरुको विरोधका कारण धेरै विद्यार्थीले रजिस्ट्रेशन गर्न नपाउने अवस्था देखियो । 

आइतबार साँझ वामपन्थी छात्रहरुले साबरमती ढावा नजिक यही मुद्दालाई लिएर विरोध प्रदर्शन आयोजित गरेका थिए । यसैबीच झण्डै ५० जनाको समूहमा आएका मानिसहरुले आफूहरुमाथि आक्रमण गरेको वामपन्थी छात्रहरुको आरोप छ । आक्रमणमा धेरै विद्यार्थी घाइते भए र आक्रमणकारीहरुले प्राध्यापकलाई पनि छोडेनन् । 

राजनीतिक मुद्दाकाे आरोप

दिल्ली विधान सभा चुनावको प्रक्रिया चलिरहँदा छात्र र प्राध्यापकमाथि भएको आक्रमणलाई राजनीतिक रङ्गको संज्ञा दिइएको छ । 

काङ्ग्रेस नेता राहुल गान्धीले यो आक्रमणलाई छात्रहरुको आवाज दबाउने कोसिस भएको बताए । त्यस्तै, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि यो घटनाको कडा आलोचना गरेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया