आदित्य दाहालको प्रतिभा विज्ञानको लागि खोजीको विषय : प्रम ओली

 साउन ५, २०७५ शनिबार १९:३५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैैं – प्रधानमन्त्री केपी शर्मा ओलीलेआदित्य दाहालको प्रतिभा विज्ञानको लागिखोजीको विषय भएको बताउनुभएको छ ।

आदित्य संरक्षण प्रतिष्ठानले शनिबार आयोजना गरेको कलियुगको आदित्य ज्योतिषपथ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले आदित्य दाहालमा गुरु र स्रोतविना अाएकाे ज्ञानले आफैं आश्चर्यजनक भएको बताउनुभएको छ ।

आदित्यको दार्शनिक श्रृंखला, चिन्तन प्रक्रिया र धार्मिक प्रक्रियासँग मेल नखाने प्रधानमन्त्री ओलीले बताउनुभयो । 

आदित्यलाई आफ्नो ढंगले सोच विचार गर्न दिने र त्यो ज्ञानलाई प्रकट हुने वातावरण बनाइदिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘आदित्यको शारिरीक मात्रहोइन ज्ञानको पनि सुरक्षा हुनु आवश्यक छ’ प्रधानमन्त्रीओलीले भन्नुभयो ‘यसकालागि सरकारले सहयोग गर्न तयार छ ।’

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आफ्ना धारणा राख्नुभएको थियो । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • सरला

    July 22, 2018, 7:04 a.m.

    बाबु लाई मिडीया मा लाउनु राम्रो कुरा हो तर जता भावि पश्न सोधेको ठिक लागेन । बाबुको मा शक्ति छ सदुपयोग होस भन्न चाहन्छु ट

  •  0 Reply

तपाईको प्रतिक्रिया