अभ्यास खेलमा पारसले बनाए १ सय ६१ रन

 साउन ५, २०७५ शनिबार २०:७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - इग्ल्याण्डको क्लब ह्याम्पशायर हग्ससँगको अभ्यास क्रिकेटमा नेपालका कप्तान पारस खड्काले १ सय ६१ रन बनाएका छन् ।

पहिले ब्याटिङ गरेको नेपालका कप्तान पारसले १ सय ६ बलमा १ सय ६१ रन बनाएका हुन् । उनले १९ चाैका र ७ छक्का प्रहार गरेका थिए ।  

इंग्ल्यान्डको लर्डसमा हुने त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी शृंखलाका लागि नेपाली राष्ट्रिय टोलीले इंग्ल्यान्डको क्लब ह्याम्पशायर हग्ससँग अभ्यास खेल खेलिरहेको छ । 

ह्याम्पशायर बेलायतको पुरानो क्रिकेट क्लब हो । नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससँग ट्वेन्टी –ट्वेन्टी खेल्नेछ ।

यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको र जुलाई २६ मा इष्ट लण्डन शार्कसँग ट्वेन्टी –ट्वेन्टी खेल खेल्नेछ । 

नेपाल, नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लबबीच लर्डसमा हुने त्रिकोणात्मक शृखला जुलाई २९ तारिखमा हुनेछ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

1 Comments

  • Kamal sanjyal

    July 21, 2018, 8:34 p.m.

    पारसलाई मान्नैपर्छ, किनकि उनले यति राम्रो प्रदर्शन हरेका छन्, यस्तै प्रगति गरे भने हाम्रो देशको इज्जत बढ्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया