सरकारलाई काम गर्न नदिने षड्यन्त्र भइरहेको छ : नेता नेपाल

 साउन ५, २०७५ शनिबार २०:२०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको सरकारलाई काम गर्न नदिन अनेक षड्यन्त्र र गतिविधिहरु भइरहेको बताउनुभएको छ ।

पुष्पलालको ४० औं स्मृति दिवसको अवसरमा शनिबार पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला कार्यसमिति भक्तपुरले यहाँ आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उहाँले नयाँ–नयाँ निहुँ खोजेर सरकारले गरेका राम्रा कामलाई रोक्ने प्रयास भइरहेको बताउनु भएको हो ।

उहाँले राम्रो कामको समर्थन र नराम्रो कामको सुझाव दिने काम सबैले गर्नुपर्ने भन्दै राम्रा कामको सम्बोधन सरकारले गर्ने र अनुचित कुरा पूरा गर्नुपर्ने बाध्यतामा सरकार नरहेको स्पष्ट पार्नुभयो । नेता नेपालले विकास र समृद्धिको काम जनस्विकार्य हुने गरी गरिने पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा उहाँले पुष्पलालले कम्युनिष्ट पार्टी निर्माणमा खेलेको योगदानको चर्चा गर्दै पुष्पलालले देखाउनुभएको बाटोमा अहिले कम्युनिष्ट पार्टी एकै ठाउँमा एकताबद्ध भएको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया