हिमालयन शेर्पा र फ्रेण्ड्स क्लब अझै जीतविहीन

 पुस २३, २०७६ बुधबार ६:४५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिगमा हिमालय शेर्पा र फ्रेण्ड्स क्लबबीचकाे मङ्गलबार भएकाे खेल बराबरीमा सकिएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेले । जसका कारण दुवैले एक–एक अङ्क बाँडे । जारी लिगमा फ्रेण्ड्स र शेर्पा दुवै जीतविहीन बनेका छन् । पूरै खेलमा दुवै टिमले आकर्षक प्रहार गर्न सकेनन् ।

लिगको पुछारबाट दोस्रो र तेस्रो स्थानमा रहेका दुवै टिमका लागि यो बराबरीले झन् घाटा लागेको छ । शेर्पाको जारी लिगमा तेस्रो बराबरी हो भने फ्रेण्ड्सकाे दाेस्राे । यसका साथै अङ्का तालिकामा फ्रेण्ड्सकाे दुई अङ्क भएकाे छ भने शेर्पाको तीन अङ्क भएको छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया