सरकारको पारा यस्तै भए अझ कडा आन्दोलन गर्ने देउवाको चेतावनी

 साउन ५, २०७५ शनिबार २०:५४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार यसैगरी निरंकुश बन्दै गए सदन र सडकमा कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

प्रहरीको कुटाइबाट तरुण दलका अध्यक्ष जीतजँग बस्नेतसहित नेता कार्यकर्ता घाइते भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर देउवाले सरकार अधिनायकबादको बाटोमा अघि बढेको आभास भइहेको र अझै यही बाटोमा अघि बढे कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिनुभएको कांग्रेस पार्टी कार्यालयका सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा सभापति देउवाले आफू नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश समस्याको समाधान बताउँदै देउवाले डाक्टर गोविन्द केसीसँग तत्कालै वार्ता गर्न सुझाव समेत दिनुभएको छ ।  
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया