१ सय ७६ यात्रु बाेकेकाे हवाई जहाज तेहरानमा दुर्घटना

 पुस २३, २०७६ बुधबार ९:४०:४१ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ईरान – ईरानकाे राजधानी तेहरानमा एक सय ७६ जना यात्रु बाेकेकाे हवाई जहाज दुर्घटना भएकाे छ । 

हवाई जहाजकाे प्राविधिक गडबडीका कारण दुर्घटना भएकाे बताइएकाे छ । तर याे दुर्घटनालाई लिएर अमेरिका–ईरानबीचकाे तनावलाई पनि जाेडिएकाे छ । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सी राेयटर्सका अनुसार युक्रेन अन्तर्राष्ट्रिय एअरलाइन्सकाे बाेइङ ७३७ विमान ईरानकाे इमाम खामेनेई विमानस्थलमा उडान भरिसकेपछि दुर्घटनाग्रत भएकाे हाे । 

उद्धारकर्ता टाेलीलाई हवाई जहाज दुर्घटना भएकाे ठाउँमा पठाइएकाे छ । ईरानकाे आपतकालीन सेवाका प्रमुख पीरहुसैन कुलीवन्दले समाचार एजेन्सी राेयटर्सलाई भने, 'हवाई जहाजमा आगलागी भएकाे छ, सायद हामी केही यात्रीलाई बचाउन सक्छाैँ ।'

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया