अमेरिका–ईरान तनाव : कच्चा तेलको मूल्यमा वृद्धि, मध्य–पूर्वमा आयात राेकिने चिन्ता

 पुस २३, २०७६ बुधबार १२:६:४६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ईरानले इराकमा रहेको अमेरिकी सैनिक अड्डामा मिसाइल आक्रमण गरेपछि कच्चा तेलको मूल्यमा वृद्धि भएको छ । 

एसियाली बजारमा कच्चा तेलको मूल्यमा २ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ र प्रति ब्यारेलको ६९ दशमलव ९४ डलर पुगेको छ । 

मूल्य वृद्धिसँगै कतै मध्यपूर्वमा तेलको निर्यात बन्द हुने त होइन ? भन्ने चिन्ता बढेको छ । सँगसँगै सुनको मूल्यमा पनि वृद्धि भएको छ । 

तर ईरानको आक्रमणपछि अन्तर्राष्ट्रिय शेयर बजारमा नकारात्मक असर देखिएको छ । जापानको निकेईमा २ प्रतिशतले गिरावट आएको छ । त्यस्तै हङकङको हेंग शेंगमा १ प्रतिशतले गिरावट आएको छ । 

हरमुज भएर विश्वभरमा हुने तेलको निर्यात रोकिन सक्ने जनाइएको छ । साउदी अरब, इराक, संयुक्त अरब इमिरेट्स र कुवेतमा तेलको निर्यात यही मार्ग भएर हुन्छ । ईरानले पनि धेरै तेलको निर्यात यही मार्गमार्फत गर्छ । 

ईरानको आक्रमणपछि अमेरिकी एभिएशन रेगुलेटर फेडरल एभिएशन अथोरिटी (एफएए) ले अमेरिकी यात्री बोक्ने विमानलाई इराकको हवाई सीमाबाट नउड्न भनेको छ । 

सिङ्गापुर एअरलाइन्सले पनि आफ्ना सबै विमानलाई ईरानको हवाई सीमा भएर नउड्न सुझाएको छ । 

यसको असर भारतलाई धेरै पर्ने देखिएको छ । भारतले अमेरिका र रुसबाट तेल आयात गर्दै आइरहेको छ । तर भारत सबैभन्दा धेरै तेल मध्य पूर्वका देशबाट आयात गर्छ, जसमा इराक एक नम्बरमा पर्छ । त्यसपछि साउदी अरब, ओमान र कुवेत पर्छन् । 

भारत पनि तेल आयात बन्द हुने हो कि भनेर चिन्तित छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया