सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सको छैटौँ जित : शीर्ष स्थानमा यथावत

 पुस २३, २०७६ बुधबार १८:२६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अष्ट्रेलियामा बिग ब्याश लिग (बीबीएल) क्रिकेट खेलिरहेका सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले छैटौँ जित निकालेको छ ।

बुधबार भएकाे खेलमा मेलबर्न स्टारले सिड्नी थन्डर्सलाई ६ विकेटले हराउँदै लिगको शीर्ष स्थानमा यथावत रहेको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको सिड्नी थन्डर्सले २० ओभरमा एक सय ४५ रन बनाएकाे थियाे। सिड्नी थन्डर्सका लागि कप्तान क्यालम फर्गुसनले ३५ रन बनाए भने उस्मान खवाजाले ३३ रन बनाए ।

बलिङमा मेलबर्नका ह्यारिस राैफले ह्याट्रिक लिए । लामिछाने भने चार ओभरमा ३९ रन दिँदै विकेटविहीन रहे । उनले खेलमा नेपाल भ्रमण वर्षकाे प्रचार तथा अस्ट्रेलियाकाे आगलागीबाट जाेगाउनेहरुलाई सम्मानसहितकाे नारा लेखेकाे जुत्ता लगाएका थिए ।

 

जवाफमा मेलबर्नले १७ ओभर तीन बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

मेलबर्नको जितमा कप्तान ग्लेन म्याक्सवेलले ५५ तथा मार्कस स्टोइनिसले ५० रन बनाए । जितसँगै मेलबर्न सात खेलमा १२ अंकका साथ लिगको शीर्ष स्थानमा यथावत रहेको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया