लुका माेड्रिचकाे करियरकाे सयाैँ गाेल !

 पुस २४, २०७६ बिहिबार १२:२९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्पेनिस क्लब रियल मड्रिड तथा क्रोएसियाका स्टार लुका मोड्रिचले बुधबार भएको भ्यालेन्सियाविरुद्काे खेलमा गोल गर्दै आफ्नो करियरको सयाैँ गोल पूरा गरेका छन् ।

उनले बुधबार भएको खेलमा भ्यालेसियाविरुद्ध लुका जोभिकको पासमा उत्कृष्ट गोल गरेका थिए । भ्यालेन्सियाविरुद्धकाे खेलमा रियल मड्रिड तीन–एक गाेल अन्तरले विजयी भयाे । 

भ्यालेन्सियाविरुद्धकाे गोलसँगै मोड्रिचले यस सिजनमा रियलका लागि पाँच गोल गरेका छन् । मोड्रिचले आफ्नो व्यावसायिक करियरमा डिनामो जाग्रबका लागि ३३, इन्टर जाप्रसिकको लागि ४, ज्रिनजिस्की मोस्टरको लागि ८ तथा टोटनह्यामका लागि १७ गोल गरेका छन् ।

त्यस्तै मोड्रिचले क्रोएसियाका लागि १६ र वर्तमान क्लब रियल मड्रिडका लागि २२ गोल गरेका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया