बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
इंग्ल्याण्डका तीव्र गतिका बलर जेम्स एन्डरसन दक्षिण अफ्रिकाविरुद्धको बाँकी टेस्टबाट बाहिर भएका छन् ।
दोस्रो टेस्टका क्रममा चोटग्रस्त भएपछि एन्डरसनले बाँकी २ टेस्ट गुमाउने भएका हुन् । मुख्य बलर नै घाइते भएपछि इंग्ल्याण्डलाई भने दबाब बढेको छ । केपटाउनमा एमआरआई गरेपछि एन्डरसनको चोट ठूलो रहेको पत्ता लागेको थियो । त्यसपछि उनी घर फर्किएका थिए ।
पिँडाैलामा लागेको चोटका कारण लगभग ४ महिनापछि इंग्ल्याण्ड टिममा एन्डरसन फर्किएका थिए । ३७ वर्षीय बलर एन्डरसनले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा ५ विकेट लिएका थिए ।