'सेप्सीस' का कारण विश्वमा पाँच जनामध्ये एक जनाको ज्यान जान्छ

 माघ ३, २०७६ शुक्रबार ९:३५:० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रगतको माध्यमबाट शरीरमा सङ्क्रमण फैलने रोग 'सेप्सीस' का कारण विश्वमा पाँच जनामध्ये एक जनाको ज्यान जाने गरेको पाइएको छ ।

रगत विषाक्त हुने एक अवस्थाका रुपमा लिइने सेप्सीसका बारेमा गरिएको विस्तृत विश्लेषणले सङ्क्रमित पाँच जनामध्ये एक जनाको ज्यान जाने गरेको देखाएको वाशिङ्टन विश्वविद्यालयका अनुसन्धानकर्ताले बताएका छन् ।

यस्तै विश्वमा बर्सेनि एक करोड १० लाख मानिसको सेप्सीसका कारण ज्यान जाने गरेको र यो क्यान्सरबाट ज्यान गुमाउनेको सङ्ख्या पनि धेरै रहेको अध्ययनले देखाएको छ । गरिब र मध्यम आय हुने देशका नागरिकले सेप्सीसका कारण ज्यान गुमाउने गरे पनि धनी देशमा पनि यसका बिरामी भेटिने गरेका अध्ययनले देखाएकाे छ ।

सेप्सीसको उपचार 'असम्भव' जस्तै भएकाले यसलाई घातक मानिन्छ । सेप्सीसले शरीरमा भएको सङ्क्रमण फैलिएर अरु अङ्ग पनि काम नलाग्ने बनाउने डाक्टरले बताएका छन् । सेप्सीस भएपछि थोरै समयमै शरीरका सबै अङ्गमा क्षति गरेर बाँचेका मानिसलाई पनि अपाङ्गता बनाइदिने गरेको अध्ययनमा उल्लेख छ ।

झाडापखाला वा आन्द्राको सङ्क्रमण सेप्सीसको मुख्य कारण भएको पनि अनुसन्धानकर्ताले बताएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया