सेती नदीमा हाम फालेर एक युवक बेपत्ता

 साउन ६, २०७५ आइतबार १७:३३:५३ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – सेती नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् ।

खप्तड छान्ना गाउँपालिका वडा नम्बर २ बस्ने २८ वर्षीया राजेन्द्र जोशी आइतबार दिउँसो तमैल बजार नजिकै रहेको झोलुंङे पूलबाट हाम फालेर बेपत्ता भएको स्थानीय बासिन्दाले बताएका छन् ।

तमैल बजारबाट घर जाने क्रममा जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा पर्ने तमैल बजारको झोलुङ्गे पुलबाट हामफालेर बेपत्ता भएका युवकको प्रहरी र स्थानीयले खोजी कार्य गरी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । बेपत्ता जोशीको मानसिक सन्तुलन ठीक नभएको स्थानीय बासिन्दाले बताएका छन् ।

शनिबार बेलुका सेती नदीमा नै नुहाउने क्रममा बगेर जयपृथ्वी नगरपालिका वडा नम्बर ३ सुस्मिता ओली समेत बेपत्ता हुनु भएको छ । उहाँको खोजी कार्य जारी छ । यस्तै शनिबार दिउँसो १२ बजेको समयमा खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ को बयानामा सुख्खा पहिरो जाँदा एकै परिवार ३ जनासहित ४ जनाको घटना स्थलमा नै ज्यान गएको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया